१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे १० लाख मूल्यको चाँदीका गहनासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १६:५१:oo

सिराहाको लहान नगरपालिका– ७ दुर्गा मन्दिरनजिकैबाट प्रहरीले करिब साढे १० लाख रुपैयाँ मूल्यबराबरको चाँदीका तयारी गहनासहित एकजनालाई पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका– ५ का करिब ३० वर्षीय दीपेन्द्र विकलाई आइतबार साँझ चाँदीका तयारी गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार उनको साथमा रहेको कालो रङकाे झोलामा १० लाख ४० हजार मूल्यको स्रोत नखुलेको चाँदीका तयारी गहना बरामद भएपछि तत्काल नियन्त्रणमा लिई लहान प्रहरीमा ल्याएर थप अनुसन्धान गरेको छ। चाँदीका तयारी गहनासहित पक्राउ गरिएका उनलाई प्रहरीले सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पाठाउने तयारी गरिएको जनाएको छ।

भदौको पहिलो साता पनि प्रहरीले जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका– ७ महिसोथाबाट बिलविजकविनाको साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यको सुन–चाँदीका तयारी गहनासहित एकजनालाई पक्राउ गरेको थियो।