१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Saturday, 14 September, 2024
फाइल तस्बिर।
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १५ शनिबार २१:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्यो डिजेल र पेट्रोलको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार २१:४३:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटेको मूल्य शनिबार मध्यरातिदेखि लागू हुनेछ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ। 

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ। 
त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३५ ले घटाइएको हो।

त्यस्तै, समायोजन मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रोमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँमा कारोबार हुनेछ। त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँमा कारोबार हुनेछ।