१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १५ शनिबार २o:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर फुटबल लिग: गोर्खा ब्वाइजको विजयी सुरुवात

आरआर एफसी र एफसी इन्टरनेट तथा परेली युवा र विजय युथ क्लबले अंक बाँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार २o:३२:oo

गोर्खा ब्वाइज क्लबले हेटौँडामा जारी मकवानपुर लिगमा विजयी सुरुवात गरेको छ। शनिबार भएको लिगको आफ्नो पहिलो खेलमा इन्टरनेट सिटीलाई पराजित गर्दै गोर्खा ब्वाइजले विजयी सुरुवात गरेको हो।

शनिबारै आरआर एफसी र एफसी इन्टरनेट तथा परेली युवा क्लब र विजय युथ क्लबले बराबरी खेल्दै अंक बाँडे। सक्षम युवा क्लवब नेवारपानी र हेटौँडा भेट्रान्सबिचको खेल वर्षाका कारण स्थगित भयो।

गोर्खा ब्वाइजले इन्टरनेट सिटीलाई ३–१ ले हराएको हो। गोर्खाका लागि अनिल घलान, प्रताप थोकर र रिहान लामाले गोल गर्दा इन्टरनेटको तर्फबाट सिजन खड्कीले एक मात्र सान्त्वना गोल फर्काए।

अर्को खेलमा आरआरएफसीका तीर्थ लामाले सुसाइड गोल गर्दा इन्टरनेटले अग्रता बनाएको थियो, तर आरआरका सुदीप सापकोटाले गोल गर्दै टिमलाई हारबाट जोगाए। उनले अतिरिक्त समयमा गोल गरेका हुन।

परेली र विजय युथले पनि को खेल पनि १-१  गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। विजय युथका लागि विनिश अमात्य र परेलीका लागि प्रवीन गोलेले गोल गरे।

यस्तै, सक्षम युवा क्लब र हेटौँडा भेट्रान्सबिच २३औँ मिनेटको खेल चलिरहँदा पानी परेपछि खेल स्थगित गरिएको हो। सो खेल उपयुक्त समयमा खेलाइने आयोजकले जनाएको छ।

लिगअन्तर्गत आइतबार पनि चार खेल हुने आयोजकले जनाएको छ। २८ क्लबको सहभागिता रहेको जिल्ला लिगको विजेताले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउनुका साथै नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।