१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १५ शनिबार १८:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रिडर्सले रक्षा गर्‍यो पुल्चोक कप फुटबलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार १८:५४:oo

गुल्मीमा पाँचौँ पुल्चोक कप माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ। 
रिडर्सले सिद्धबाबा माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

पुल्चोक कप छात्रा फुटबल प्रतियोगिताको उपाधि ०७६, ०७७ र ०७९ मा सिद्धबाबाले लगातार उचालेको थियो। रिडर्सले सिद्धबाबालाई ०८० र ८१ मा रोक्दै उपाधि खोसेको हो।

प्रतियोगितामा जिल्लाभरका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। सेमिफाइनल खेलमा महेन्द्र माविलाई पराजित गर्दै सिद्धबाबा र लिटिल स्टार बोर्डिङलाई पराजित गर्दै रिडर्स पब्लिक हाई स्कुल फाइनलमा प्रवेश गरेका थिए।

आयोजक क्लबका अध्यक्ष सन्तोष न्यौपानेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ का साथै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए।