१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
तस्बिर : विवेक पाेख्रेल/नयाँ पत्रिका ।
समाचार डिजिटल संस्करण

भारतीय पर्यटकको शव लिएर उड्याे जहाज

२५ शव भारतीय वायु सेनाको जहाजबाट, दुई शव स्थलमार्ग हुँदै भारत लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १६:५७:oo

मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव भारत लगिँदै छ। 
चितवनस्थित भरतपुर विमानस्थलमा संकलन गरिएका २५ शव भारतीय एयरफोर्सको जहाजबाट मुम्बईतर्फ लगिएको हो। बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिँदै छ।

पोखराबाट काठमाडौं जाने क्रममा शुक्रबार पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ भारतीय पर्यटकको ज्यान गएको थियो। चितवनस्थित भरतपुर अस्पतालमा सबै मृतकको पोस्टमार्टम गरेपछि शव भारत पठाइएको हो। 

दुर्घटनापछि आकस्मिक रूपमा नेपाल भ्रमणमा आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि शव लगिएको जहाजमै फर्किएकी छिन्। आज बिहान काठमाडौं उत्रिएकी उनले गृहमन्त्री रमेश लेखकलगायत सुरक्षा अधिकारीसँग भेट गरेकी थिइन्। 

यस्तै, उनले दुर्घटनाका घाइतेसँग पनि भेट गरेकी थिइन्। त्यसक्रममा उनले उपचारमा संलग्न चिकित्सकसँग भेट गरी घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।