मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २७ आइतबार
  • Monday, 16 December, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ श्रावण २७ आइतबार १५:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पेरिस ओलम्पिकको महिला म्याराथन : सन्तोषी ७९औँ स्थानमा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २७ आइतबार १५:४१:oo

नेपाली धाबिका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा ७९औँ स्थान हासिल गरेकी छन्। 

महिला म्याराथनमा ९२ धाबिकाले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन्। 

आइतबार पेरिसमा भएको प्रतिस्पर्धामा सन्तोषीले दौड पूरा गर्न दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन्। वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी सन्तोषीले पहिलोपटक ओलम्पिकको अनुभव लिएकी हुन्।

नेदरल्यान्ड्सकी धाबिका सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्।

इथोपियाकी असिफा टिग्स्टले दुई घण्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरी रजत जितिन्। केन्याकी ओबेरी हेललले २ घण्टा २३ मिनेट १३ सेकेन्डको समय निकाल्दै कांस्य पदक आफ्नो बनाइन्। 

यससँगै पेरिस ओलम्पिकमा नेपाली सातै खेलाडीको चुनौती समाप्त भएको छ ।  यसअघि नै टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्।

स्यान्टु सीधै छनोट भएर ओलम्पिक खेलेका हुन्। अन्य ६ खेलाडीले वाइल्ड कार्ड पाएका थिए।