मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Wednesday, 15 January, 2025
२o८१ श्रावण २० आइतबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट भरतपुरमा एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार o९:२८:oo

नारायणगढ बजारनजिकै आइतबार बिहान बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर महानगरपालिका- १ नारायणी नदीकिनार पोखरा बसपार्कमा बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका- २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका हुन् ।  

मुख र हातमा चोट लागेको उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार हुँदै छ । अक्रमण गरेको बाघ नारायणी नदी किनारानजिकै झाडीमा लुकेको र खोजीका लागि जिल्ला वन कार्यालयबाट हात्तीसहित कर्मचारी खटिएका छन् । झाडीमा लुकेको अनुमान गरिएकाे बाघ अहिलेसम्म फेला परेकाे छैन ।