
सदन चल्ने भएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी पत्रकार सम्मेलन रोकेर प्रदेश सभा पुगेका छन् ।
प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बहिष्कार गर्ने तयारी गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले साढे ४ बजे मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । तर, बैठकमा प्रतिपक्षी दलहरू सहभागी हुने भएपछि सोडारी प्रदेश सभा पुगेका हुन्। मुख्यमन्त्री साेडारीले अहिले सभामा सम्बाेधन गर्दै छन् ।
गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने आज अन्तिम दिन हो ।