१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १२ शनिबार o८:४२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिस ओलम्पिक : स्यान्टु र प्रिन्सले आज प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o८:४२:oo

- टेबलटेनिसको पुरुष एकलमा स्यान्टु प्रारम्भिक चरणमा ५१औँ वरीयताका सेनेगलका खेलाडी डियासँग भिड्दै 

- समूह ‘पी’मा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्ने

पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा सेनेगलका इब्राइम डियासँग शनिबार भिड्नेछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नुपर्ने नियम छ । जसअनुसार उनले पहिलो खेल ५१औँ वरीयताका खेलाडी डियासँग खेल्न लागेका हुन् । प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सहभागीमध्ये स्यान्टु मात्र छनोट जितेर ओलम्पिक खेल्ने खेलाडी हुन् । अन्य नेपाली खेलाडी अंकका आधारमा वाइल्ड कार्डका माध्यमबाट पेरिस ओलम्पिकमा छनोट भएका हुन् । स्यान्टु नेपालबाट छनोट जितेर ओलम्पिक खेल्ने तेस्रो र पहिलो टेबलटेनिस खेलाडी हुन् । सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी नेपालबाट तेक्वान्दो खेलाडीद्वय संगिना वैद्य र दीपक विष्टले सुरु ओलम्पिक छनोट पार गरेका थिए । 

सन् २००४ को एथेन्स र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपकले छनोट चरणका माध्यमबाट स्थान सुरक्षित गरेका थिए । पेरिसमा आफूले इतिहास बनाउन पाउँदा खुसी लागेको उनले बताए । ‘नेपालको तर्फबाट टेबलटेनिस खेल्ने पहिलो खेलाडी हुने इतिहास आफू बन्न पाउँदा खुसी लागिरहेको छ,’ पेरिसमा रहेका नेपाली मिडियाकर्मीसँग उनले भने । दुई महिनाअघि काठमाडौंमै दक्षिण एसियाली क्षेत्रीय ओलम्पिक छनोट भएको थियो । 

दोस्रो वरीयताविरुद्ध भिड्दै ब्याडमिन्टनका प्रिन्स
पेरिस ओलम्पिकको शनिबारै ब्याडमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘पी’मा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् । प्रिन्स विश्व ब्याडमिन्टन संघको वाइल्ड कार्ड कोटामा ओलम्पिकमा छनोट भएका हुन् । पहिलोपटक ओलम्पिक खेल्न लागेका उनी प्रशिक्षकविहीन छन् । नेपालबाट सहभागी अन्य खेलाडीका प्रशिक्षक छन् । तर, नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सम्बन्धित निकायलाई नबुझाउँदा प्रिन्स प्रशिक्षकविहीन बनेका हुन् ।

अन्य नेपाली खेलाडीले कहिले खेल्ने ? 

सुटिङकी सुस्मिताको खेल २८ जुलाईमा
वाइल्ड कार्ड प्राप्त गर्दै पहिलोपटक ओलम्पिकमा सहभागी सुटिङकी सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा २८ जुलाईमा छ । पहिलो दिन क्वालिफायरका खेल हुनेछन् । क्वालिफायर खेल पार गरेका खेलाडीले २९ जुलाईमा फाइनल चरण खेल्नेछन् । 

जुडोकी मनिताले २९ जुलाईमा प्रतिस्पर्धा गर्ने 
जुडोकी मनिताले एसियाली कोटामार्फत पेरिस ओलम्पिकको स्थान पक्का गरेकी हुन् । उनले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी पुल ‘ए’मा छिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्नेछिन् । 

एलेक्ज्यान्डर र डुवानाले ३० जुलाईमा खेल्ने 
नेपालबाट पौडीतर्फ एलेक्ज्यान्डर र डुवानाले भाग लिँदै छन् । एलेक्ज्यान्डरको यो दोस्रोपटक ओलम्पिक खेल हो । डुवानाको भने पहिलो ओलम्पिक सहभागिता हुनेछ । दुवैले आ–आफ्नो पहिलो खेल ३० जुलाईमा खेल्नेछन् । पौडीको प्रतिस्पर्धा ओलम्पिक एक्वाटिक सेन्टर र पेरिस ला डिफेन्स एरेनामा हुनेछ । दुवै खेलाडी वैदेशिक प्रशिक्षणबाट सीधै पेरिस पुगेका छन् । एलेक्ज्यान्डरले पुरुष सय मिटर फ्रिस्टाइल र डुवानाले महिला दुई सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछन् । 

सन्तोषीले ३१ अगस्टमा प्रतिस्पर्धा गर्ने 
नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनको यो पहिलो ओलम्पिक सहभागिता हो । पेरिस ओलम्पिकको समापन अगस्ट ११ मा हुनेछ । त्यही दिन महिला म्याराथनको इभेन्ट राखिएको छ ।