Skip This
प्रेरक प्रसंग : सफलताका लागि संघर्ष
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १ मंगलबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १ मंगलबार o५:५८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफलताका लागि संघर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १ मंगलबार o५:५८:oo

एकपटक एक युवक महान् दार्शनिक सुकरातकहाँ गए । केहीबेरको प्रतीक्षापश्चात् उनले सुकरातसित भेट गरे । सुकरातले उनलाई आउनुको कारण सोधे । युवकले भने– म हजुरबाट सफलताको रहस्य थाहा पाउन चाहन्छु । हजुरले मेरो मनको जिज्ञासा मेटाइदिनुपर्‍यो । 

सुकरातले एकैछिन सोचेर जवाफ दिए– तिम्रो यस प्रश्नको जवाफ म भोलि बिहान दिनेछु । मलाई सूर्योदयपश्चात् नदीकिनारमा आएर भेट । दोस्रो दिन निर्धारित समयमै ती युवा नदीकिनारमा पुगे । सुकरात किनारको एउटा रुखमुनि विश्राम गरिरहेका थिए । सुकरात युवकलाई डोर्‍याउँदै बिस्तारै अघि बढे । उनीहरू नदीको बीच भागतिर अघि बढिरहेका थिए । बिस्तारै उनीहरू पानीमा डुब्दै गए । पानी घाँटीसम्मै आइपुग्यो ।

यही वेला अकस्मात सुकरातले युवकको टाउको समातेर पानीमा डुबाइदिए । पानीभित्र सास फेर्न नसक्दा ती युवक बाहिर निस्कन हरसम्भव कोसिस गरिरहे । तर, सुकरातले बलियोसँग समातेको हुनाले उनको संघर्ष सफल हुन सकेन । सुकरातले उनलाई पानीमा डुबाई नै रहे । सास रोक्दारोक्दा युवक पानीभित्रै नीलो देखिन थालेपछि बल्ल सुकरातले उनलाई पानीबाट बाहिर निकाले । बाहिर निस्किनासाथ ती युवक स्याँस्याँ गर्दै छिटोछिटो सास फेर्न थाले । 

युवकको हालत देखेर मन्द मुस्कुराउँदै सुकरातले प्रश्न गरे– पानीभित्र डुबेको समयमा तिमी सबैभन्दा बढ्ता के चाहन्थ्यौ ? युवकले उत्तर दिए– म सबैभन्दा बढ्ता त सास फेर्न पाइयोस् र पानी ननिलियोस् भन्ने चाहन्थेँ । सुकरातले गम्भीर हुँदै भने– हो, यही हो सफलताको रहस्य । तिमी सफलता पाउन जति गम्भीरतापूर्वक संघर्ष गर्छौ, तिमीलाई सफलता पनि त्यति नै प्राप्त हुनेछ । यसअतिरिक्त सफलताको अर्को कुनै रहस्य छैन ।