मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३१ सोमबार १६:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

फाइनलमा कोलम्बिया १-०  ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १६:४२:oo

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ। सोमबार बिहान अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपाको उपाधि उचालेको हो।

अर्जेन्टिनाको जितमा पुनः एकपटक लौटारो मार्टिनेज निर्णायक रहे। चोटग्रस्त हुँदै ६७ मिनेटमा कप्तान लियोनल मेसी मैदान छाड्न बाध्य भएपछि दबाबमा परेको अर्जेन्टिनाका लागि मार्टिनेजले एक सय १२औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

त्यसअघि निर्धारित ९० मिनेटभित्र कुनै पनि टिमले गोल गर्न सकेनन्। दुवै टिमले लगातार चार्ज गर्दा पनि बलले जाली चुम्न सकेन। कोलम्बियाका केही डरलाग्दा प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले विफल तुल्याएका थिए। यस्तै, अर्जेन्टिनाले पनि गोलका केही सहज मौका गुमाएको थियो।

अर्जेन्टिनाको यो जितसँगै उसले कोपाको उपाधि कीर्तिमानी १६औँपटक उचालेको छ। अर्जेन्टिनापछि उरुग्वले १५औँपटक कोपा जितेको छ।

कोपाको डिफेन्डिङ च्याम्पियन तथा विश्वविजेता अर्जेन्टिनामाथि कोलम्बियाले निकै कडा चुनौती पेस गरेको थियो। पछिल्ला २८ खेलमा अपराजित रहेको कोलम्बिया अर्जेन्टिनासँग भने स्तब्ध हुन पुग्यो र दोस्रोपटक उपाधि जित्ने लक्ष्यलाई सफल बनाउन सकेन।