मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Monday, 10 February, 2025
सिमलताल पहिरोमा परी त्रिशूलीमा बससहित हराएका यात्रुको खोजी गर्दै सशस्त्र प्रहरी
२o८१ असार २९ शनिबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणी नदीकिनारमा दुई पुरुषको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १६:४१:oo

गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीको किनारमा दुई पुरुषको शव भेटिएको छ। शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ।

शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर पर रहेको छ।

एउटा शव करिब २५–३० वर्षका र अर्को १८–२० वर्षका पुरुषको रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। उक्त स्थानमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमान्डमा इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली पुगेको छ।

यसअघि आज बिहान भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा अर्को एक शव भेटिएको थियो। भारतीय नागरिक ऋषिपाल साहको उक्त शव मृतकका दाइले बुझेका छन्।