१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २८ शुक्रबार
  • Monday, 16 June, 2025
तस्बिर : रासस
तिवारी यादव विरगञ्ज
२o८१ असार २८ शुक्रबार o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन पहिरोमा परेको एञ्जल डिलक्स बसमा थिए यी यात्रु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २८ शुक्रबार o९:५४:oo

वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ ।

बिहीबार राति ८ बजे वीरगन्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडीसाहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये सातजना भारतीय पनि थिए । बस पर्साको रंगपुरबाट काठमाडौं चल्ने गरेको बताइएको छ ।

बसमा प्रकाश पटेल (पिपरा) सहित दुईजना, अन्सारी जी (इन्डिया)सहित दुईजना, अरविन्द दुबेजी (वीरगन्ज), सन्तोष ठाकुर (इन्डिया), सुरेन्द्र साह (इन्डिया), आबिद मियाँ (इन्डिया), हरेन्द्र पण्डित (वीरगन्ज), सुनील साह (इन्डिया), प्रमानन्द पण्डित ( मुसहर्वा), शाहनवाज (इन्डिया) विद्यानन्दनारायण राउत  (जमुनिया) सहित दुईजना, सलिम मियाँ (रघुनाथपुर) सहित दुईजना, रैफुल आलम, (कटेया) सहित दुईजना, सुजितजी, (रामनगरी) सहित दुईजना यात्रु रहेकाे बस सञ्चालक समितिले जानकारी दिएकाे छ । त्यस्तै, चालक जवाहिर महतो र  हेल्पर राजकुमार लामिछाने छन् ।