१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o८:३२:oo

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका- १, तिमाङको तिमाङखोलामा आएकाे बाढीले काठेपुल बगाएको छ । मंगलबार राति पौने आठ बजेतिर पुल बगाएपछि सडक अवरुद्ध भएको मनाङ प्रशासनले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको  बताए । वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुन्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक व्यवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ ।

यसअघि पनि काठेपुल बनाएर सवारी आवतजावत भइरहेको तिमाङखोलामा तीन वर्षअघि बेलिब्रिज राखिएको थियो । ०७८ असारको भीषण बाढीले बेलिब्रिज बगाएपछि काठेपुल राखेर सवारी आवतजावत गरिएको थियो ।यस्तै, तिमाङकै तल्लो क्षेत्र तिमाङ छहराबाट गेग्रान थुप्रिँदा पक्की पुलसमेत धरापमा परेको छ ।

ad
ad
ad
ad