१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १३:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डिग्री गरेका घिमिरेको पशुपालन मोह

भन्छन्- सहुलियत कर्जा देउ, अनुदान चाहिँदैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १३:२o:oo

गुल्मीको धुर्कोट गाउँपालिका– ५ का ४३ वर्षीय रवीन्द्र घिमिरे व्यावसायिक कृषक हुन् । उनले तीन वर्षदेखि उन्नत जातका गाईभैँसी पालन गरिरहेका छन् । पछिल्लो समय फर्ममै गाउँको दुध संकलन गरेर बिक्री पनि गर्छन् । उनले आगामी असोजसम्म व्यवसायको लगानी एक करोड २० लाख पुर्‍याउने योजनामा बनाएका छन् ।

अहिले आफ्नै फर्मको डेढ सय र बाहिरको गरेर दैनिक चार सय लिटर दुध बिक्री गरिरहेको घिमिरेले बताए। ०५२ सालमा हिमालय माविबाट एसएलसी सकेर काठमाडौं हानिएका घिमिरे २५ वर्षपछि गाउँ फर्किर ०७८ सालबाट पशुपालन व्यवसायमा लागेका हुन् ।

उनले ०६५ सालमा मास्टर डिग्री सकेर विभिन्न क्षेत्रमा संलग्न भए । तर, ऊर्जालाई गाउँकै माटोमा खर्चने सपना बोकेर घर फर्किएका घिमिरे पशुपालन व्यवसायमा उदाहरणीय पात्र हुन् । उनले दैनिक चारजनालाई पूर्णकालीन रोजगारी दिएका छन् । घिमिरेले सरकारले सहुलियतपूर्ण कर्जा दिने र प्रसस्त कामदार पाइने अवस्था रहे व्यवसायबाट पलायन हुने स्थिति नहुने बताए । ‘कृषि पेसामा सबैभन्दा ठूलो चुनौती कामदारको हो । मैले सरदर २० हजार दिएर चारजना राखेको छु,’ उनले  भने, ‘पेसा कामदारकै अभावमा जोखिममा छ ।’ अहिले कृषि पेसा गर्नेहरू टिक्न सकिरहेका छैनन् ।

उनलाई पनि राजधानीबाट फर्केर गाउँमा उद्यम गर्ने कुरा कसैले पत्याएनन् । परिवारको बुबाआमालाई समेत गत वर्षसम्म विश्वास नभएको घिमिरेले बताए । मिल्क एनालाइजर प्रदान गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नयाँ योजनाको खोजभन्दा पनि काम गरिरहेका व्यावसायिक किसान पेसामा टिकाएर राख्ने कुरा सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताए । स–साना अनुदानभन्दा दीर्घकालीन कार्यक्रमबाट ठूला किसानलाई पेसामा अड्याउने र साना किसानलाई उत्साहित बनाउन तीनै सरकार लाग्नुपर्नेमा खत्रीले जोड दिए।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले अब अनुदानभन्दा लगानीमा सहयोग पुग्ने खालका पुरस्कारहरूको व्यवस्था पालिकाले गर्न थालेको बताए । प्राप्त गरेको पुरस्कारको व्यवसायमा लगानी सुनिश्चित हुने गरेर ठूला, मझौला र साना कृषकलाई पुरस्कृत गरिने पोख्रेलले बताए । 

मिल्क ऐनालाइजर मेसिन हस्तान्तरण
 भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशुपन्छी तथा मत्स्य प्रविधी प्रर्दशनअन्तर्गत मिल्क ऐनालाइजर हस्तान्तरण गरिएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुका  कृषक रविन्द्र घिमिरेलाई मेसिन प्रदान गरेको हो । उनले तीन वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातका गाईभैँसी पालन र पछिल्लो समय दुग्ध संकलन व्यावसाय गरिरहेका छन् । उनकोमा अहिले दैनिक चार सय दुध संकलन हुने गरेको छ । बायोकेमिकल मिल्क ऐनालाइजरले उपभोक्ता, संकलक र उत्पादकलाई फाइदा हुने केन्द्रले जनाएको छ । यो मेसिनबाट दुधको शुद्धता मापन गारिन्छ । दुधमा पाइने Fat, SNF, Lactose, Protein साथै दुधमा पानीको मात्रा मापन गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पशु चिकित्सक डाक्टर नविना ढकालले जानकारी दिइन् । दुधको गुणस्तर अनुसार कृषकलाई दुधको मुल्य निर्धारण गर्न सजिलो हुने पानी र स्टार्च जस्ता तत्वको मिसावट हुने हुँदा दुधको गुणस्तर सुनिश्चित गर्नका मेसिन उपयोगी हुने ढकालले बताइन् । 
उत्पादनको २० प्रतिशत दुध मात्रै बजारमा
भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा वर्षमा २२ हजार दुई सय ५८ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ ।

जिल्लामा सुक्खा मौसममा केही मात्रामा दुधको आवश्यक परे पनि अन्यन्त्रबाट दुध ल्याएर बेच्नुपर्ने अवस्था नरहेको पाण्डेयले बताए । पाण्डेयले जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए । ‘जिल्लामा उत्पादित ८० प्रतिशत दुध बजार पुग्दैन। धेरैले घरमै खाएर दुध सक्छन्,’ उनले भने, ‘नागरिकमा व्यावसायिक सोच अभिवृद्धि हुनुपर्छ।’

मिल्क एनालाइजर गुल्मी जिल्लामा हालसम्म पाँच स्थानमा वितरण भएको छ । यसअघि सत्यवती गाउँपालिका– ६ को श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका– ५ को सत्यवती दुग्ध उत्पादक सहकारी, रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारी र बस्नेत डेरीमा मिल्क एनालाइजर वितरण गरिएको पाण्डेयले जानकारी दिए ।
 

ad
ad
ad
ad