१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

देवकोटा पुनः ऊर्जामन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o९:o६:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त मन्त्री देवकोटाले आइतबारै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । गोरखा २ (१) बाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटा दोस्रोपटक मन्त्री भएका हुन् । यसअघि उनी २९ जेठमा ऊर्जामन्त्री नियुक्त भएका थिए ।

माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका देवकोटाले २८ जेठमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा पक्षमा मत दिएपछि पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माओवादीले प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो । आफूलाई पदमुक्त गरेपछि देवकोटाले ६ असारमा अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा निवेदन हालेका थिए ।

१० असारमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले देवकोटालाई माओवादीले कारबाही गर्ने अधिकार नभएकाले निवेदनको अन्तिम निर्णय नभएसम्मका लागि गरिएको कारबाही कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेको थियो । माओवादीले गरेको कारबाही सर्वोच्चले हाललाई कार्यान्वयन नगर्न आदेश दिएसँगै देवकोटा आइतबार मन्त्री नियुक्त भएका हुन् । यससँगै गण्डकीमा मुख्यमन्त्रीसँगै मन्त्रीको संख्या पाँच पुगेको छ । 

ad
ad
ad
ad