मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Monday, 17 March, 2025
२o८१ असार ११ मंगलबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा तीनजनाको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १४:१५:oo

मकवानपुरमा जंगली च्याउ खाँदा गर्दा एक सातामा तीनजनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यही असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिकाका दुई र राक्सिराङका एकजना रहेका छन्। जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाँदा कैलाश गाउँपालिका– ८ का चार वर्षीय दीपेश लामा र वडा नम्बर ९ की निरुमाया रुम्बाको मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा अर्का एकजना राक्सिराङ गाउँपालिका– ७ दुगुवाङका बलबहादुर प्रजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जंगली च्याउ खाएर बिरामी परेका चारजनाको अवस्था गम्भीर रहेको छ भने चारजनाको अवस्था सामान्य छ । आठजना उपचारपछि घर फर्किएका छन् ।