ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– ४ डुम्रिसेका एकजनालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ। ४२ वर्षका नरेश खोयाहाङ (लिम्बू)लाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रवि रावलले बताए ।
नरेशलाई डुम्रिसेको पिप्लेश्वरी आधारभूत विद्यालयअगाडिबाट लोड गरिरहेको अवस्थामा एक थान भरुवा बन्दुकसहित पक्राउ परेको डिएसपी रावलकाे भनाइ छ । बन्दुकसँगै बन्दुकमा प्रयोग हुने बारुद ५७ ग्राम, काँटीसहितको सलाई ६ थान र खुकुरी एक थानसहित पक्राउ गरिएको हो ।
नरेशलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख रावलले बताए ।