१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार o७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

११ मध्ये ८ उपमहानगरले ल्याए बजेट : तीन उपमहानगरको बजेट नै पेस भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o७:o३:oo

१० असारभित्र आगामी आवको बजेट नगरसभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ  । तर, ११ मध्ये तीन उपमहानगरपालिकाले अझै नगरसभा नै सुरु गरेका छैनन् ।

यसरी बजेट नल्याउनेमा धनुषाको जनकपुरधाम, बाराको जितपुर सिमरा र सुनसरीको धरान छन् । जनकपुरधाममा बजेटको आकार र सिलिङमा मेयर, उपमेयर र वडाध्यक्षबीच विवाद छ । जसकारण सोमबार नगरसभा बस्न सकेन ।

जितपुर सिमरामा एमाले र लोसपाका जनप्रतिनिधिले नगरसभा नै बहिष्कार गरेका छन् । नगरसभामा उपमेयरले बजेट प्रस्तुत गर्नुपर्ने भए पनि उपमेयर भोला अधिकारी उपस्थित भएनन् । मेयर राजन पौडेलले बैठक अगाडि बढाउन खोजे पनि गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

धरानमा मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिबीचको विवादका कारण सोमबार बजेट पेस भएन । नगर कार्यपालिका बैठकको निर्णयविपरीत मेयरले बजेटको सिलिङ चलाउँदा बजेट अगाडि बढ्न नसकेको प्रवक्ता सूर्यबहादुर भट्टराईको दाबी छ ।