मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Wednesday, 12 February, 2025
२o८१ असार ८ शनिबार १७:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटको असन्तुष्टिले सरकार अप्ठ्यारोमा पर्दैन : मन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १७:५८:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सत्तागठबन्धन फेरबदल नहुने दाबी गरेकी छिन्। प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले लामो सहकार्य गर्ने गरी वर्तमान गठबन्धन निर्माण भएको बताइन्।

बजेटबारे केही नेताका असन्तुष्टि सार्वजनिक भए पनि त्यसले गठबन्धनलाई कुनै असर नगर्ने उनको दाबी छ। ‘केही नेताका अभिव्यक्तिका आधारमा गठबन्धन फुट्ने सम्भावना छैन, लामो सहकार्य गर्ने र स्थायित्व दिने गरी नै यो सहकार्य गरेका हौँ,’ बजेटलाई लिएर सत्तापक्षमै देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘बजेटमा आफ्नै पार्टीका सांसदको त विरोध आउँछ पाँच–सात पार्टी एक ठाउँमा बसेर काम गर्दा फरक मतहरू आउनु स्वाभाविक हो।’

अहिले एउटै पार्टीले सरकार चलाएजस्तो अवस्था नरहेको उल्लेख गर्दै उनले आ-आफ्ना धारणाहरू आउनु अन्यथा नभएको बताइन्। बजेटका कारण सरकार अप्ठ्याराेमा नपर्ने मन्त्री शर्माले ठोकुवा गरिन्। बजेट सन्तुलित रहेको उनको दाबी छ।

‘बजेट सन्तुलित छ, जनतामुखी र समाजवादउन्मुख छ। यसले उत्पादनलाई ध्यान दिएको छ,’ उनले भनिन्, ‘बजेट सन्तुलित छ भनेर निजी क्षेत्र र नागरिकमा उत्साह देख्छु।’

मन्त्री शर्माले सत्तारूढ दलहरूको ‘स्ट्रेन्थ’का आधारमा राजदूत नियुक्त गरिएको बताइन्। गठबन्धन बदलिने वित्तीय राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने परम्पराअनुसार सरकारले राजदूत फिर्ता बोलाएको उनले प्रस्टीकरण दिइन्। ‘ठीक–बेठीक बहसको कुरा होला, तर गठबन्धन बदलिनेबित्तिकै राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने चलनअनुसार सरकारले फिर्ता बोलाएको हो,’ शर्माले भनिन्। 

मन्त्री शर्माले नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा सहभागी गराउने तयारी रहेको जानकारी दिइन्। सरकार पुनर्गठनको तयारी भने अहिले नरहेको उनको दाबी छ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सके अर्बौँ रकम भित्र्याउन सकिने सम्भावनालाई मध्यनजर गर्दै सरकारले दशक मनाउन लागेको बताइन्। नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको औँल्याउँदै उनले सूचना प्रविधि दशक मनाउने विषयलाई नीति कार्यक्रम, बजेट वक्तव्यमा पनि समावेश गरिएको बताइन्।