१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Tuesday, 17 June, 2025
नवीन गुरुङ संखुवासभा
२o८१ असार ६ बिहीबार १८:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १८:२८:oo

प्रथम कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उनले खाँदबारीमा पहिलोपटक सुविधासम्पन्न कभर्ड हलमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यहाँ राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन हुने बताए। 

भर्खरै मात्र करिब चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कभर्ड हलमा पहिलोपटक प्रतियोगिता सञ्चालन भएको हो। कोशी प्रदेशस्तरीय खुला प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ भने भेट्रान्स १०० केजीमाथिका प्रतियोगिता नेपाल र भारतका गरी २९ टिमको सहभागिता रहेको छ।

त्यसैगरी, संखुवासभा बी डिभिजनअन्तर्गत ५४ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजीवकुमार श्रेष्ठले बताए। बिहीबार सुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ।

प्रतियोगितामा कुल नाै लाख १७ हजार रुपैयाँको खर्च हुने अनुमान गरिएको ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले जानकारी दिए। खाँदबारी नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रकम विभिन्न दाताबाट सहयोग संकलन भएको उनले बताए।

प्रतियोगितामा संखुवासभा बी डिभिजन, पुरुष डबल र भेन्ट्रास गरी तीन चरणको प्रतियोगिता सञ्चालन हुनेछ। जसमा संखुवासभा बी डिभिजनतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ पुरस्कार रहेको छ।

पुरुष डबलतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद ६० हजार, ३५ हजार र १०/१० हजार रुपैयाँ रहेको छ। भेन्ट्रासतर्फ क्रमशः प्रथम, द्वितीयलाई नगद ५० हजार, ३० हजार रुपैयाँ र तृतीय दुई टिमलाई नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ।