मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Friday, 14 August, 2026
इजरायली सेनाले जबालिया खाली गर्न उर्दी जारी गरेपछि घर छाड्दै प्यालेस्टिनी । फाइल तस्बिर : महमुद इसा/रोयटर्स
रासस रामल्लाह
२o८१ असार ६ बिहीबार १६:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नकबापछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित

Read Time : < 1 मिनेट
रासस, रामल्लाह
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १६:४८:oo

सन् १९४८ को नकबा (प्यालेस्टिनीहरूको हिंसात्मक विस्थापन)पछि जबर्जस्ती विस्थापित भएकाहरूको दुर्दशालाई उजागर गर्दै प्यालेस्टाइन र डायस्पोरामा प्यालेस्टाइन शरणार्थीहरूका लागि राहत तथा सहयोगका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय (युएनआरडब्लुए)ले हालसम्म ६० लाखभन्दा बढी व्यक्तिले शरणार्थीका रूपमा आफूलाई दर्ता गरेको जनाएको छ।

सन् २००१ मा संयुक्त राष्ट्रसंघको महासभाले स्थापना गरेको विश्व शरणार्थी दिवस (जुन २०)का अवसरमा युएनआरडब्लुएले जनवरी २०२२ सम्ममा आफ्नो अभिलेखमा करिब ५९ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी रहेको उल्लेख गरेको छ।

यीमध्ये करिब २५ लाख मानिस वेस्ट बैंक र गाजापट्टीमा बस्छन् । यो संख्या कुल प्यालेस्टिनी शरणार्थी जनसंख्याको करिब ४२ प्रतिशत हो। यसमध्ये वेस्ट बैंकबाट १५ प्रतिशत र गाजाबाट २७ प्रतिशत विस्थापित भएका बताइएको छ।

अरब देशहरूमा दर्ता भएका शरणार्थीको वितरणको विस्तृत विवरण दिँदै युएनआरडब्लुएले लगभग ४० प्रतिशत प्यालेस्टिनी शरणार्थी जोर्डनमा, आठ प्रतिशत लेबनानमा र १० प्रतिशत सिरियामा रहेका बताएको छ।

यी आँकडाले प्यालेस्टिनी शरणार्थीहरूको न्यूनतम संख्यालाई प्रतिनिधित्व गर्छ। विस्थापितको तथ्यांकले दर्ता नभएका शरणार्थीको अस्तित्वलाई स्वीकार गर्छ। यो गणनामा सन् १९४९ पछि १९६७ को युद्धसम्म विस्थापित भएकाहरूलाई समावेश गरिएको छैन।

यसमा सन् १९६७ को युद्धका क्रममा विस्थापित भएका प्यालेस्टिनीहरूको पनि लेखाजोखा गरिएको छैन। उनीहरू सुरुमा शरणार्थी थिएनन्।