मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ५ बुधबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ५ बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार १६:२४:oo

नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ छैटौँ स्थानमा उक्लिएका छन्।

आइसिसीले सार्वजनिक गरेको वरीयताअनुसार दीपेन्द्रले तीन स्थान सुधार गरेका हुन्। उनको १९९ अंक छ।

दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या  र अक्षर पटेल, इंग्ल्यान्डका लिआम लिभिंघस्टोन, मोइनअली, दक्षिण अफ्रिकाका कप्तान ऐडन मारक्रम अस्ट्रेलियाका ग्लेन म्याक्स्वेल र मिचल मार्सलाई पछि पारेका छन्।

वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा सानदार प्रदर्शन गरेका अस्ट्रेलियाका मार्क्स स्टोइनिस २३१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। उनले एक स्थान सुधार गरेका हुन्।

यसअघि शीर्ष स्थानमा रहेका बंगलादेशका सकिव अल हसन तेस्रो स्थानमा पुगेका छन्। श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो स्थानमा यथावत् छन्।