Skip This
संसद् भवनमा खटिएका प्रहरी जवानले गरे आफैँलाई गोली प्रहार गरी आत्महत्या  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ५ बुधबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ असार ५ बुधबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् भवनमा खटिएका प्रहरी जवानले गरे आफैँलाई गोली प्रहार गरी आत्महत्या  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार ११:१९:oo

प्रहरी जवान गोलेले आफ्नो साथमा रहेको राइफलबाट आफ्नै निधारमा गोली प्रहार गरेकाे काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेकाे भनाइ

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे शव आज बिहान ८ बजे शौचालयमा गोली लागेको अवस्थामा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोलेले आफ्नो साथमा रहेको राइफलबाट निधारमा गोली प्रहार गरेको रजौरेले बताए ।

नेपाल प्रहरीको हेडक्वार्टरबाट  खटाइएको स्पेसल  टाक्स फोर्समा  कार्यरत उनी  ०७८ मा  भर्ना भएका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।