मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ४ मंगलबार १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खड्का वाइफाई नेपालको ब्रान्ड एम्बासडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १२:१२:oo

नेपाल क्रिकेट संघ क्यानका सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का वाइफाई नेपाल प्रालिको ब्रान्ड एम्बासडर बनेका छन् । इन्टरनेट सेवाप्रदायक वाइफाई नेपालले खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

सन् २०२२ मा स्थापना भएको वाइफाई नेपाल कम्पनीले सबैभन्दा सुलभ इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका सिइओ शत्रुहन पन्जियारले खड्काजस्तो व्यक्तित्वलाई कम्पनीको ब्रान्ड एम्बासडरका रूपमा पाउँदा आफूलाई खुसी लागेको बताए । ‘हामीले प्रदान गर्ने इन्टरनेट सेवालाई आमनागरिकको पहुँचमा पुर्‍याउन मद्दत पुग्नेछ,’ उनले भने, ‘खड्का नेपाली समाजका प्रेरणादायक व्यक्तित्व हुन् र उनीसँगको साझेदारीले हामीलाई हाम्रा ग्राहकको विश्वास जित्न मद्दत गर्नेछ ।’ 

एम्बासडर खड्काले वाइफाई नेपालको सेवाबाट आफू प्रभावित भएको बताए । गुणस्तरीय फाइबर इन्टरनेट सस्तो मूल्यमा प्रदान गर्ने कम्पनीको यो उद्देश्यले इन्टरनेट अब सामान्य जनताका लागि विलासिता नभई आवश्यकताका रूपमा उपलब्ध हुने उनले बताए ।