
आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशसँग भिडिरहेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार विकेट लिँदै बंगलादेशलाई दबाबमा पारेको छ। नौ ओभरको खेल सकिँदा ५२ रनमा बंगलादेशका पाँच खेलाडी आउट भइसकेका छन्।
पाँचौँ विकेटका रूपमा महम्मुदुल्लाह रन आउट भए। उनलाई गुल्सन झा र सन्दीप लामिछानेले आउट गरे । त्यसअघि ५.४ ओभरमा ३० रनको अवस्थामा बंगलादेशले चौथो विकेट लिएको थियो।
कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो ओभरमा नेपाललाई चौथो सफलता दिलाएका थिए। त्यसअघि पाँचौँ ओभरको खेल चलिरहँदा नेपालले तीन विकेट लिइसकेको थियो। सोमपाल कामीले तेस्रो सफलता दिलाएका थिए।
उनले बंगलादेशी विकेटकिपर ब्याट्सम्यान लिटन दासलाई आउट गरे। सोमपालले आफ्नो तेस्रो ओभरमा दोस्रो विकेट लिएका हुन। त्यसअघि पहिलो बलमै सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई आउट गरेका थिए।
यस्तै, दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले बंगलादेशी कप्तान नजमुल हसन सान्टोलाई बोल्ड गरे।