१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गान्धीको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o६:o७:oo

महात्मा गान्धी सादा जीवन उच्च विचारका लागि संसारभर प्रसिद्ध छन् । उनको जीवनमा कहिल्यै तडकभडक देखिएन । उनी सामान्य पहिरनमै विश्वको जुनकुनै देशमा पुग्ने गर्थे । गान्धी जहाँ पुग्थे, त्यहाँ उनको भव्य स्वागत हुन्थ्यो । यसै क्रममा एकपटक गान्धी देवीपुर पुगे । त्यहाँका जनताले पनि उनको भव्य स्वागत गरे । उनको स्वागतका लागि जनताले गाउँगाउँबाट फूल जम्मा गरेर निकै ठुल्ठूला माला तयार गरेर राखेका थिए । 

गान्धीले यो सब देखे । उनले ती ठुल्ठूला मालालाई पनि देखे । त्यसपछि उनले दुःखी हुँदै देवीपुरवासी जनतालाई भने, ‘तपाईंहरूले बडो दुःखसाथ फूलका यी हार त तयार गर्नुभएछ । तर, फूलका यी हारका ठाउँमा तपाईंहरूले यदि मलाई कुनै सुतीको कपडाको हार लगाइदिनुभएको भए म अझ धेरै खुसी हुने थिएँ । किनकि सुतीको त्यो हार पछि कुनै कपडा बनाउन प्रयोगमा आउने थियो । 

यसरी बेकारमा नाश भएर जाने थिएन । ती फूलले बोटलाई शोभा दिने थिए र सबैलाई आफ्नो बास्ना र सुन्दरताले आनन्द दिने थिए । त्यस्तो अमूल्य फूल बेकारमा सजावटका लागि र कसैको सोख या स्वागतका लागि टिप्नु उचित हुँदैन । अझ यो कार्य सूक्ष्म हिंसा पनि हो । गान्धीको भनाइ सुनेपछि गाउँवासीका आँखा खुले । 
 

ad
ad
ad
ad