नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी स्याङ्जाको दोस्रो अधिवेशनले इन्द्रबहादुर थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले कमिटीको उपाध्यक्षमा गोकुल राना, सचिवमा एकनारायण न्यौपाने (प्रकाश) तथा उपसचिवमा रमेश भट्टराई र सीता रानासहित ५५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । त्यस्तै, अधिवेशनले डम्बर रानाको संयोजकत्वमा लेखा आयोग गठन गरेको छ ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापा, जिल्ला कमिटी सचिव रामचन्द्र भट्टराईलगायतका नेताहरूले अधिवेशनमा सम्बोधन गरेका थिए ।