अग्नि सापकोटासमेत भएको मुद्दामा तीन हप्तापछि फैसला आउने

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटासमेत भएको मुद्दामा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने आदेश दिएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटासमेतको मुद्दामाथि अन्तिम सुनुवाइ गर्दै १२ असारमा निर्णय सुनाउने मिति तोकेको हो।

काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा संलग्न रहेको भन्दै सापकोटासहित अन्यविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

सुझावित समाचार