१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 24 May, 2025
२o८१ जेठ १७ बिहीबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णयहरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १८:३५:oo

जेठ १७ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी पदस्थापन, भ्रमण स्वीकृतलगायत विभिन्न निर्णय गरेको छ। बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारकी  प्रवक्ता एवं संचारमन्त्री रेखा शर्माले चार निर्णय जानकारी गराईन्।

मन्त्रिपरिषद्का मुख्य चार निर्णयहरु यस्ता छन् :
१. नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री खेमराज ज्ञवाली, श्री यमबहादुर बुढा मगर र श्री भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने।

२. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८१ जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने।

३. वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

४. तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने।