Skip This
अस्थायी सिकाइ केन्द्रमा रम्दै अग्निपीडित बालबालिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १२ शनिबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अस्थायी सिकाइ केन्द्रमा रम्दै अग्निपीडित बालबालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १२:२५:oo

मटिहानी नगरपालिका ६ जरलहवा बस्तीका एक सय ५० बालबालिका अस्थायी सिकाइ केन्द्रमा रम्न थालेका छन्। आगलागीपछि विद्यालय जान छोडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन सिकाइ केन्द्रमार्फत प्रयास थालिएकोमा उनीहरू सिकाइ केन्द्रमा नियमित उपस्थित भइ सिकाइ केन्द्रका शिक्षकले समावेश गराउने पठनपाठनसम्बन्धी क्रियाकलापमा रमाउन थालेका हुन्। 

गत वैशाख १२ मा आगलागी भएपछि सर्वस्व गुमाएको अग्निपीडित परिवारका बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव परेकोमा बालबालिकालाई पुनः शिक्षाप्रति जागरुक बनाउन  ग्रामीणमुखी युवा अभियान नेपाल ( ROYM-NEPAL )ले बस्तीका १०५ बालबालिका अध्ययन गर्ने गरी अस्थायी सिकाइ केन्द्र सञ्चालनमा ल्याएको हो। AEIM LUXEMBURGको आर्थिक सहयोग तथा मटिहानी नगरपालिकाको समन्वयमा बालबालिकाहरूलाई तीन महिनासम्म अध्ययन अध्यापनसँगै बाल मस्तिष्कको क्षमता अभिवृद्धि गर्न सिकाइ केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। 

सिकाइ केन्द्रमा अध्ययन गरिरहेका बालबालिकामध्ये अझै ५४ बालबालिका विद्यालय जाँदैनन् भने १० जना सोही ठाउँमा रहेको मदरसामा समेत अध्ययन गर्दै छन्। यता ४१ बालबालिका आगलागीभन्दा पहिले विद्यालय गइरहेकोमा आगलागीपछि उनीहरू पुनः विद्यालय फर्कन सकेका छैनन्।

सिकाइ केन्द्रमा पुनर्ताजगीपश्चात् बालबालिकाहरू पठनपाठनमा पुनः रुचि लिन थालेको र चाँडै उनीहरू विद्यालय फर्कने आशा व्यक्त गरिएको छ। आगलागीपश्चात् अग्निपीडितहरूको घर पुनः निर्माण हुन नसक्दा अभिभावकसँगै बालबालिकाहरू अझै खुला आकाशमुनि बस्न बाध्य छन्। 


 

ad
ad
ad
ad