प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति बनाउन डराएको भन्दै सरकारको आलोचना गरेका छन्।
शुक्रबारको पहिलो बजेट अधिवेशनको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले समिति बनाउन किन डराएको हो ? भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘समिति बनाउन किन डराएको ? किन आत्तिएको ? प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदै छ। सहकारी ठगीका सम्बन्धमा संसदीय समितिमा कांग्रेस मात्रै बस्ने त होइन होला। छानबिन समिति नबनाएसम्म संसद् अगाडि बढ्दैन।’