१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघ अध्यक्ष ढकाल ‘कर्पोरेट एक्सिलेन्सी अवार्ड’द्वारा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:५४:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ‘कर्पोरेट एक्सिलेन्सी अवार्ड’बाट सम्मानित भएका छन् । ढकाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले सो सम्मान गरेको हो । बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दनपत्रसहित खादा लगाएर सम्मान गरेका हुन् । 

अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ । ‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामीण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत्, बिमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ ।

मुलुकको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवं अनेकौँ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मानस्वरूप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,’ अभिनन्दनपत्रमा उल्लेख गरिएको छ । 

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिएका छन् । 

ad
ad