गोपीकृष्ण मुभिजले ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’को नयाँ संस्करण घोषणा गरेको छ । आगामी १९ जेठमा हुने अवार्डमा २५ विधामा पुरस्कार प्रदान गरिने भएको छ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारासहित ०६९ बाट यो अवार्ड दिन थालिएको हो ।
आयोजक गोपीकृष्ण मुभिजले अवार्डका लागि ०८० मा प्रदर्शन भएका फिल्म सहभागी हुन पाउने जनाएको छ । सहभागीमध्येबाट निर्णायकले छनोट गरेका २३ प्रतिस्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत र सम्मान गरिनेछ । यस शृंखलाबाट ‘नारायण’ सर्वाेत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान थप गरिएको छ । गोपीकृष्ण मुभिजले नेपाली कलाक्षेत्रका विशिष्ट व्यक्तित्वको नाममा उनीहरूको सम्मानका लागि अवार्डको नाम राखेको छ । स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागितामा नेपालमा चलचित्र छायांकनको सम्भाव्यताको विषयमा २० जेठमा ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ शीर्षकमा छलफलसमेत गरिनेछ ।
गोपीकृष्ण मुभिजकी प्रमुख निकिता पौडेलले देश–विदेशका चलचित्रकर्मीबीच हुने अन्तक्र्रियाले राम्रो छाप छोड्ने बताइन् । ‘गोपीकृष्ण मुभिजले सिनेमा जगत्का हस्तीलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष केही न केही नयाँ काम गर्ने सोच बनाइरहेको हुन्छ । त्यसैले यो अवार्ड गर्न लागिएको हो । म चलचित्र विकास बोर्डको अध्यक्ष भएदेखि बनाएको योजना ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ कार्यक्रम हुँदै छ । स्वदेशी र विदेशी चलचित्रकर्मीबीच हुने अन्तत्र्रिmया कार्यक्रमले राम्रो छाप छोड्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।
यी हुन् २५ विधा