१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
टुँडिखेलमा जारी सीप मेलाको अवलोकन गर्न पुगेका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी । 
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सीप मेलाका प्रशिक्षार्थीको परीक्षण सहरी योजना आयोगले गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:३३:oo

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेलामा तालिम लिइरहेका प्रशिक्षार्थीले प्राप्त गरेको सीपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर उनीहरूको सीप परीक्षण गर्ने भएको हो ।

‘तालिम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ । यसका लागि सीप परीक्षण गर्ने योजनामा छौँ ।’ बिहीबार मेला अवलोकनका लागि पुगेका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताए । उनले भने, ‘सीप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’ उनले तालिम पाइसकेपछि काममा निपुण हुनुपर्ने बताए । परीक्षणका क्रममा प्राप्त ज्ञान र प्रयोगात्मक सीपको मापन हेर्ने बताए । 

उपाध्यक्ष राजभण्डारीसहितको टोलीलाई इन्जिनियर शैलेन्द्र झा र रोजगार संयोजक देवेन्द्र केसीले, तालिमका विषय, प्रशिक्षक, प्रशिक्षार्थीका विषयमा जानकारी गराएका थिए । यसक्रममा इन्जिनियर झाले आयोगले निगरानी बढाएपछि तालिमको स्तर अझै वृद्धि हुने बताए । उनले भने, ‘योग्यता प्रमाणित गर्ने बलियो आधार प्राप्त भएको छ ।’ उपाध्यक्ष राजभण्डारीले, प्रशिक्षकबाट प्रशिक्षण सहजता र प्रशिक्षार्थीबाट सिकेको सीप र प्राप्त ज्ञानका बारेमा जानकारी लिएका थिए । राजभण्डारीसँग सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञहरू अवलोकनमा सहभागी थिए । 

मार्बल तथा टायल फिटिङ तालिमका लागि आवेदन माग
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत ‘सीप मेला ०८१’ मा मार्बल तथा टायल फिटिङसम्बन्धी आवेदन खोलेको छ । यो तालिममा सबै नेपाली नागरिकले आवेदन भर्न सक्नेछन् । साथै, बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केकाहरू, काम खोज्दै गरेकाहरू सबैलाई तालिममा प्राथमिकता दिइने उल्लेख छ । तालिममा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन । 

ad
ad