१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने सरकारको निर्णय

दुई करोड ९७ लाख १० हजार पुरस्कार रकममध्ये पुरुष क्रिकेट टोलीले दुई करोड चार लाख ७५ हजार रुपैयाँ पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:o६:oo

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्  बैठकले क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्ताव अनुमोदन भएसँगै ४२ खेलाडीले पुरस्कार पाउने भएका हुन् । गत वर्ष चीनमा भएको १९औँ एसियन खेलकुदका पदक विजेता, क्रिकेट टोली, कबड्डी टोली र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् । समग्रमा खेलाडी र प्रशिक्षकलाई दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्न लागिएको हो । 

आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन छनोट खेलमा दोस्रो भएको राष्ट्रिय क्रिकेट पुरुष टोलीले कुल दुई करोड चार लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । टोलीका १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार नगद हात पार्नेछन् ।

कराँतेमा २५ लाख
चप्नको हाङझाउमा भएको १९औँ एसियाडमा कराँतेमा पहिलोपटक ऐतिहासिक रजत दिलाएकी एरिका गुरुङले १९ लाख ५० हजार रुपैयाँ पाउनेछिन् । उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीसँगै व्यवस्थापक निवासगोपाल वैद्यले एक लाख ९५ हजार प्राप्त गर्नेछन् । एसियाडको रजत विजेता कराँते टोलीले समग्रमा २५ लाख ३५ हजार प्राप्त गर्नेछ ।

कबड्डीतर्फ ४५ लाख
१९औँ एसियाडमा महिला कबड्डी टोलीले कांस्य दिलाएको थियो । टोलीका १२ खेलाडीले जनही तीन लाख ९० हजार रुपैयाँ पाउने भएका छन् । प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार, सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार प्राप्त गर्नेछन् । कबड्डी टोलीले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछ । त्यस्तै, चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गर्नेछन् । 

ad
ad