१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुबाको मार्गनिर्देशअनुसार थाँती जिम्मेवारी पूरा गर्नेछु : सांसद नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:५७:oo

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए। 
 
दिवंगत बुबा सुवासचन्द्र नेम्वाङले देखाउनुभएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रूपमा उठाउने विश्वाससमेत दिलाए। 

 ‘नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन्। सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन। एक–अर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ। बुबा (सुवास नेम्वाङ)ले देखाउनुभएको मार्गनिर्देशअनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु,’ सांसद नेम्वाङले भने। 

ad
ad