१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ज्योति क्यापिटलको ‘निःशुल्क डिम्याट र मेरो सेयर’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:५६:oo

ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । 

क्यापिटलले विद्यार्थीलाई पनि सेयर बजारतर्फ आकर्षित गर्न सो योजना ल्याएको जनाएको छ ।  योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न सक्नेछन् ।

 यो योजना २६ वैशाखदेखि २६ जेठसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ । 

क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवासमेत प्रदान गरिरहेको छ ।

ad
ad