१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ जेठ ६ आइतबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तासमीकरणको रक्षा गर्ने प्रक्रिया सुरु भएकाे छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३७:oo

नेकपा एमालेका महासचिव श‌ंकर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन्। 

एमाले ताप्लेजुङको १२औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आएका महासचिव पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए।

‘नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रूपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद छ भन्ने मलाई लाग्छ,’ पोखरेलले भने। 

गल्ती गर्ने व्यक्तिबारे छानबिन हुनु, दण्डित हुनु स्वाभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ।

यस्तै, जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन्। 

सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयं विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए। 

‘यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया सुरु भएको छ, जनता समाजवादी पार्टीका सातजना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो संख्या अझै बढेर जान्छ,’ उनले भने। 

ad
ad