मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १२ बुधबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख १२ बुधबार १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्माका अग्निपीडितलाई पालिकाले प्रतिपरिवार एक लाख दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १२ बुधबार १५:३४:oo

गुल्मीको इस्मा गाउँपालिकाले अग्निपीडित प्रतिपरिवार आवास निर्माण गर्न एक लाख रुपैयाँ दिने भएको छ।

बुधबार बसेको इस्मा गाउँ कार्यपालिकाको बैठकले पूर्ण रूपमा घर जलेका परिवारलाई तत्काल पालिकाले एक लाख दिने र तीनै सरकारसँग साझेदारीमार्फत चार लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए। 

उनले आगलागीबाट प्रभावित परिवारलाई मनसुनअगावै घर निर्माण गर्न गाउँपालिकाले एक लाख प्रदान गर्ने र प्रदेश तथा संघसँग साझेदारी गरेर बाँकी रकम उपलब्ध गराउने बताए । खड्काका अनुसार इस्मामा आगलागीबाट एक सय ९९ व्यक्ति प्रभावित भएका छन्। 

प्रारम्भिक चरणको राहत र उद्धारको काम सकिएको छ। २६ घर ४९ गोठ र १५ परिवारको गोठ मात्रै जलेको छ। एकै परिवारका तीन गोठसमेत जलेका छन्। मनसुनजन्य विपतबाट प्रभावित घरहरू समयमै निर्माण हुनेमा नागरिकमा शंका छ। 

पहिरोबाट प्रभावितहरूले व्यहोरेको सास्ती इस्मामै रहेकाले तीनै तहका सरकार नकस्सिएसम्म वर्षात्अगाडि नै आवास निर्माणको काम हुँदैन। कार्यविधि निर्माण, कार्यान्वयन, किस्ता भुक्तानी निकै झन्झटिलो भएका कारण पहिरोबाट प्रभावित व्यक्तिले वर्षौँ सास्ती पाइरहेका छन्।