१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१२ वैशाखदेखि काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ यही १२ वैशाखबाट सुुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त रूपमा गर्न लागेको एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । 

लगानी सम्मेलनको पूर्वसन्ध्यामा १२, १३ र १४ वैशाखमा हुने एक्स्पोको सबै तयारी सकिएको छ । सरकारले आगामी १६ र १७ वैशाखमा गर्न लागेको लगानी सम्मेलनलाई समेत सहयोग हुने गरी ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित एक्स्पो गरिँदै छ । वैशाख १२ गते बिहान ६:३० बजे विद्युतीय सवारी र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको छ  । एक्स्पोमा जलविद्युत् निर्माणसम्बन्धी आवश्यक सामग्री तथा सेवाको जानकारी तथा प्रदर्शनी हुनेछ । 

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको हो । एक्स्पोमा विभिन्न विषयमा अन्तक्र्रिया र उच्चस्तरीय बिजनेस मिटिङहरू पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पिटिसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । 

इप्पानका अध्यक्ष गणेश कार्कीले यो एक्स्पो ऊर्जा विकासका लागि कोसेढुंगा हुने बताए । ‘सरकारलले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालीन सम्झौता भइसकेको छ । 

यसैगरी, बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने योजना छ । त्यो लक्ष्य प्राप्ति गर्न नेपालमा द्रुतगतिमा जलविद्युत् आयोजना बनाउनुपर्नेछ,’ उनले भने, ‘सोहीअनुसार ऊर्जा क्षेत्रलाई अगाडि बढाउन यसले सहयोग पुग्नेछ ।’यस्तै, एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पो प्रवद्र्धकलाई पनि बढी फाइदाजनक हुने बताए । ‘एक्स्पोमा विदेशी कम्पनीले जलविद्युत् परियोजनासम्बन्धी मेसिन तथा सामग्री प्रदर्शनीमा राख्छन् । त्यो अवस्थामा स्वदेशी प्रवद्र्धकलाई छनोटको अवसर हुन्छ । साथै, सम्बन्धित कम्पनीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्ने अवसर पनि हुन्छ,’ उनले भने, ‘यसैगरी जलविद्युत् परियोजनासम्बन्धी सामग्री तथा मेसिस बनाउने कम्पनीलाई पनि बजार विस्तार गर्ने अवसर हुन्छ ।’ 

यस्तै, लगानी सम्मेलनका लागि पनि यो कार्यक्रम फाइदाजनक हुने उनको भनाइ छ । ‘सम्मेलनमा सोकेस हुने परियोजनामा अधिकांश ऊर्जासम्बन्धी नै छन् । त्यो अवस्थामा सम्मेलनकै पूर्वसन्ध्यामा एक्स्पो गर्दा लगानीकर्तालाई यहाँको ऊर्जा क्षेत्रबारे विस्तृत रूपमा जानकारी हुन्छ,’ उनले भने, ‘त्यो अवस्थामा यो कार्यक्रमले लगानीसमेत प्रवद्र्धन गर्छ ।’ नेपालमा उत्पादित बिजुलीको खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारे ज्ञान र सूचना आदान–प्रदान गर्न पनि एक्स्पो उचित हुने बताइएको छ । 

सरकारको लक्ष्य पूरा गर्न एक्स्पोले सहयोग गर्छ 
गणेश कार्की, अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल

सरकारले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालीन सम्झौता भइसकेको छ । त्यो लक्ष्य प्राप्ति गर्न र सोहीअनुसार ऊर्जा क्षेत्रलाई अगाडि बढाउन यसले सहयोग पुग्नेछ ।

लगानी सम्मेलनलाई पनि सहयोग पुग्छ  
विजयसागर प्रधान, प्रबन्ध निर्देशक, एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज

लगानी सम्मेलनमा सोकेस हुने परियोजनामा अधिकांश ऊर्जासम्बन्धी नै छन् । त्यो अवस्थामा सम्मेलनकै पूर्वसन्ध्यामा एक्स्पो गर्दा लगानीकर्तालाई यहाँको ऊर्जा क्षेत्रबारे विस्तृत रूपमा जानकारी हुन्छ । त्यो अवस्थामा यो कार्यक्रमले लगानीसमेत प्रवद्र्धन गर्छ । 

ad
ad