१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी भण्डारीसहित तीनजना पत्रकार सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२५:oo

पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारणसभाको अवसरमा जिल्लास्थित क्रियाशील तीनजना पत्रकार सम्मानित भएका छन् ।

बुधबार आयोजित पत्रकार महासंघ मुगु  शाखाको  सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारणसभाको उद्घाटन तथा समापन कार्यक्रमसँगै लामो समय हिमाली जिल्ला मुगुमा रही कलम चलाउँदै आएका नयाँ पत्रिकाका जिल्ला संवाददाता अच्युतराज भण्डारी, न्युज २४ का जिल्ला संवाददाता दानबहादुर बुढा र नेपाल समाचारपत्रका वीरबहादुर बमलाई सम्मान गरिएको हो ।

लामो समयदेखि जिल्लामा रही पत्रकारिता क्षेत्रमा कलम चलाउँदै सत्य, तथ्य, निष्पक्ष र खोजमूलक पत्रकारिता गर्दै समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका र जिल्ला शाखाको हित हुने काममा सधैँ सहयोग  गरेको भन्दै तीनजना पत्रकारलाई सम्मान गरिएको पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।

कार्यक्रमलाई समापन गर्दै उनले जिल्लामा रही समग्र जिल्लाको हित हुने गरी र आवाजविहीनहरूको आवाज बनेर थप कलम चलाउन उपस्थित सबै सञ्चारकर्मीलाई सुझावसमेत दिए ।  

यसै कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि विमल हमालले कवितामार्फत आफ्नो पत्रकारिताको पुरानो अनुभव सेयर गर्दै कुनै वेला समाचार एउटा हुलाकबाट पठाएर जिल्लामा चार–पाँचजनाले सुरु गरेको पत्रकारिता र आज  इन्टरनेटको नयाँ प्रविधिसहित जिल्ला शाखामा ३३ जना सदस्य पुग्दा आफूलाई खुसी लागेको बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, छायाँनाथ रारा नगरपालिकाका प्रमुख, सोरु गाउँपालिकाका कार्यवाहक प्रमुख, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी, तीनै निकायका सुरक्षा प्रमुख, शिक्षक महासंघका प्रमुख, कर्मचारी आधिकारिक ट्रेड युनियन प्रमुख, उद्याेग वाणिज्य संघ प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा र पत्रकार महासंघ मुगु शाखामा आबद्ध पदाधिकारी तथा सदस्यहरू, अन्य जिल्लामा क्रियाशील पत्रकारहरूलगायत विभिन्न सरोकारवाला निकायका  व्यक्तित्वको उपस्थिति रहेको थियो ।

सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारणसभामा संस्थापक अध्यक्ष विनोदकुमार मल्ल र शाखाका पूर्वअध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरिएको गरिएको छ । आउँदा दिनहरूमा जिल्लामा क्रियाशील पत्रकारहरूमध्येबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको वेला दुईजना पत्रकारलाई पुरस्कृत गरिनेसमेत बताइएको छ ।

पुरस्कार रकम जुटाउन र  पुरस्कृत पत्रकार छनाेट गर्न शाखाले कार्यविधि बनाई कार्य अगाडि बढाउनेछ । संकलित रकमलाई एउटा अक्षय कोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको ब्याजबाट पत्रकारलाई पुरस्कृत गरिने र यो कोष कम्तीमा पाँच लाखको बनाइने लक्ष्य रहेको मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जानकारी दिए।

उद्घाटन सत्रपछि सुरु भएको शाखाको बन्दसत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ ।

ad
ad