१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १३:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेको असहमतिले गठबन्धनमा पुनः खटपट

सोडारीको नामप्रति केन्द्रको चाँसो देखिएपछि प्रदेशका नेताले जनाए असहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:४२:oo

सुदूरपश्चिममा सरकार गठनको विषयलाई लिएर गठबन्धनमा पुनः खटपट देखिएको छ। मुख्यमन्त्रीमा अघि सारिएका एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीप्रति एमालेले असहमति जनाएको छ।

सोडारीलाई मुख्यमन्त्रीमा स्वीकार गर्न नसकिने अडान एमालेले लिएपछि गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस हुन सकेको छैन।

गठबन्धनमा आबद्ध दलहरूबीच सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने र बुधबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने सहमति हिजो भएको थियो।

गठबन्धनमा भएको सहमतिपछि समाजवादीको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा संसदीय दलका नेता सोडारीलाई अघि सार्ने निर्णय गरेको थियो। तर, एमालेले मुख्यमन्त्रीमा सोडारीको नामप्रति असहमति जनाएपछि बुधबार बिहानबाट गठबन्धनमा पुनः खटपट देखिएको हो।

स्रोतका अनुसार एमालेले समाजवादीबाट सोडारीबाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको छ। सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तित्त सम्बन्ध थियो। 

एमाले नेतृत्वले नै सोडारीको नामप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ। ‘सोडारीको नामप्रति केन्द्रको चासो देखिएपछि प्रदेशमा नेताहरूले असहमति जनाएका हुन्,’ एमालेका एक नेताले भने, ‘यहाँ विकल्प खोज्नुपर्ने कुरा केन्द्रीय तहमा पनि भएको बुझिएको छ।’ केन्द्रमा शीर्ष नेतृत्व तहमै यसबारे कुराकानी भइरहेको बताइएको छ।

गठबन्धनका तर्फबाट बुधबार बिहान सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी थियो, तर एमाले नेताहरू नआएपछि हुन नसकेको समाजवादीका नेताहरूले बताएका छन्। ‘केन्द्रमा शीर्ष तहमा यस विषयमा असहमति रहेको भन्ने आएको छ,’ एमाले प्रदेश सांसद धर्मराज पाठकले भने, ‘मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्य भोलि हुन्छ।’ शीर्ष तहमा यसबारे छलफल भइरहेको बुझिएको उनले बताए।

एकीकृत समाजवादीले भने व्यक्तिलाई लिएर एमालेले पार्टीभित्र खेल्न खोजेको जनाएको छ। समाजवादीका प्रदेश इन्चार्ज गरिमा शाहले प्रदेश सरकारको नेतृत्व समाजवादीले गर्ने सहमति भएपछि कसलाई अघि सार्ने भन्ने विषय आफ्नो पार्टीको भएको बताइन्।

‘कसलाई मुख्यमन्त्री बनाउने भन्ने हाम्रो पार्टीको विषय हो। संसदीय दलले निर्णय गरिसकेको छ,’ उनले भनिन्, ‘अर्काको पार्टीमा खेल्ने, विवाद र मनमुटाव ल्याउन खोजेको देखिन्छ। अरू प्रदेशमा हामीले पनि यो व्यक्ति हुँदैन, त्यो ल्याउनुपर्छ भन्यौँ भने के हुन्छ ?’ अर्काको पार्टीमा खेल्न खोज्ने प्रवृत्तिले गठबन्धनमा विश्वासको वातावरण बन्न नसक्ने शाहले बताइन्।

पूर्वसहमतिविपरीत प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय भएको भन्दै समाजवादीले कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षसँग मिलेर नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई अघि सारेको थियो। यसले गठबन्धन संकटमा पर्ने भएपछि मंगलबार गठबन्धनबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व समाजवादीले गर्ने सहमति भएको थियो।
 

ad
ad