१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आरोही निर्मल पुर्जाको नयाँ कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४१:oo

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।

शनिबार १ वैशाखको बिहानै १२.१५ बजे उनले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरो चुमेका हुन् । आठ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ, त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो ।

ताजा कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अब, आठ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ ।’ निम्सदाइले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन् ।

ad
ad