१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माइतीघर, सिंहदरबार र पुतलीसडक क्षेत्रमा ट्राफिक प्रहरीको कडाइ, ‘शून्य सहनशीलता’को नीति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:४३:oo

काठमाडौंको माइतीघर, सिंहदरबार र पुतलीसडकखण्डमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ।

सवारीसाधनको अत्यधिक चाप हुने भएकाले यी क्षेत्रमा अन्यत्रभन्दा थप कडाइ गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए। जसअन्तर्गत सामान्य किसिमको ट्राफिक नियम उल्लंघनमा पनि कारबाही गरिने उनको भनाइ छ।

हाल उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक सचेतना विशेष अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत सवारीको धेरै चाप हुने ठाउँमा नियम उल्लंघनविरुद्ध ट्राफिक प्रहरीले आक्रामक रणनीति कार्यान्वयन गरेको छ।

ad
ad