१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रकाशकीय : ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक आजबाट १८ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o२:oo

‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक आजबाट १८ वर्ष लागेको छ । यो यात्रामा साथ, सहयोग र सद्भावका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता, वितरक र शुभेच्छुकप्रति आभारी छौँ । 

यहाँहरू जानकार नै हुनुहुन्छ, विश्वव्यापी आर्थिक मन्दीका कारण समग्र मिडिया उद्योग ऐतिहासिक संकटबाट गुज्रिरहेको छ । सोसल मिडियाको बढ्दो दबदबासँगै सत्य र झुटको सीमा साँघुरिँदै जाँदा पत्रकारिताको विश्वसनीयतामाथि पनि चुनौती थपिँदै गएको छ । तर, विश्वसनीयताको पुँजी हामी गुम्न दिनेछैनौँ, यो हाम्रो संकल्प हो । लोकका पक्षमा दृढ बनेर सधैँ नागरिकको आवाज बनिरहनेछौँ । 

प्रतिबद्ध छौँ, आगामी दिनमा पनि हामी उच्च व्यावसायिकता र जिम्मेवारीसहित प्रस्तुत हुनेछौँ । नयाँ वर्ष २०८१ को यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना ।

ad
ad