१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अपरिचित समूहद्वारा आँगनमा बम राखेर करोडौँको बुद्धचित्तको बोट फँडानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२४:oo

काभ्रेको रोशी गाउँपालिका– ५ नागवेलीमा घरको आँगनमा बम राखी बुद्धचित्तको बोट फँडानी गरेकाे छ । रातको समयमा अपरिचित समूह आएर स्थानीयको तीन घरमा बम राखी बुद्धचित्तको रुख काटेको हो । 

गएराति स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौँमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आई काटेर फरार भएका छन् ।

तीन घरको आँगनमा पाँचवटा बमजस्तो देखिने वस्तु राखेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेकाे छ । आर्थिक वर्ष ०७९/८० मा उक्त रुखमा फलेकाे बुद्धचित्त माला ९० लाखमा बिक्री भएको थियो ।

ad
ad