देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । इदको अवसरमा इस्लाम धर्मावलम्बीले काठमाडौंको कस्मिरी मस्जिदमा सामूहिक नमाज पढेका छन् । इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येकाे एक हो । इद महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। इस्लाम धर्मावलम्बीहरू रोजा बसेर र विविध कार्यक्रम गरेर इद उल फित्र पर्व मनाउने गर्दछन् ।
तस्बिरमा हेर्नुस् इद उल फित्र (इद)को अवसरमा कस्मिरी मस्जिदमा नमाज पढ्नेकाे घुइँचो :