१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसको धारणा राख्दै सांसद रामहरि खतिवडा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सदनमा कांग्रेसको प्रश्न– ‘गृहमन्त्री निर्दोष छन् भने संसदीय छानबिन समिति बनाउन किन डराउनुपर्‍याे ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:२o:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले वर्तमान गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति निर्माणको माग पुनः उठाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले सहकारीका बचतकर्ताको करोडौँ रकम अपचलनमा लामिछानेको संलग्नता रहेका प्रशस्त प्रमाण फेला परिसकेको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति नै आवश्यक रहेको बताए।

‘गोर्खा मिडिया नेटवर्कमा पैसा लानेलाई दण्ड हुन्छ कि न्याय हुन्छ ? यो फैसला गर्ने ठाउँ कहाँ हो ?,’ उनले भने, ‘प्रधानमन्त्रीले संसदमा उभिएर न्यायाधीशजस्तो फैसला सुनाउनुभयो। फैसला सुनाउने अधिकार सरकारलाई छैन।’

आफ्नो पार्टी कोही कसैप्रति पूर्वाग्रही नभएको भन्दै उनले आफू निर्दोष छ भन्ने लागेको भए छानबिन समिति गठन गर्न किन आनाकानी गरेको भन्दै प्रश्न गरे।

‘विभिन्न बहानामा प्रतिपक्षले संसद् अवरोध गर्‍याे भन्ने होइन, संसदीय पद्धतिलाई बलियो बनाउन हामी लाग्छौँ,’ सांसद खतिवडाले भने, ‘सरकारको नियतमाथि हामीलाई शंका छ, तुरुन्तै छानबिन समिति बनाओस्।’

ad
ad