१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘सिद्धार्थ सडक खाना महोत्सव’को तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:o४:oo

नयाँ वर्ष २०८१ को स्वागतार्थ भैरहवामा संचालन हुन लागेको ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ को तयारी पूरा भएको छ । 

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजना तथा विभिन्न संघसंस्थाहरुको समन्वयमा हुन लागेको सडक खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संगठनका अध्यक्ष रामप्रसाद पोख्रेलले जानकारी दिए । 

भैरहवाको आँखा अस्पताल रोडमा हुन लागेको सडक खाना महोत्सवमा विभिन्न प्रकारका खानाका परिकारहरुसँगै सांगीतिक कार्यक्रम पनि हुने अध्यक्ष पोख्रेलले बताए । 

आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सडक खाना महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष तथा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का संयोजक पिताम्बर न्यौपानेले बताए । 

‘सडक खाना महोत्सवमा विभिन्न स्थानीय खानाका परिकारसँगै तारे होटलसम्मका स्वादहरु सडकमा रहेको ६० बढी स्टलहरुबाट लिन सकिने व्यवस्था मिलाएको छौँ,’ संयोजक न्यौपानेले भने ।

यसअगाडिका वर्षहरुमा बेलहिया–बुटवल ६ लेन सडकखण्डअन्तर्गत देवकोटाचोकदेखि बसपार्कक्षेत्रसम्म सडक खाना महोत्सव आयोजना हुँदै आए पनि यसपटक सिद्धार्थ क्रिकेट रंगशालासँगै जोडिएको सडकमा महोत्सव आयोजना हुने संयोजक न्यौपानेले बताए । 

कार्यक्रमलाई  प्रभावकारी बनाउन र ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउन यसपटक स्थान परिवर्तन गरिएको उनको भनाइ छ । 

विषम परिस्थितिका बाबजुद पनि महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबैको साथ आवश्यक रहेको संगठनका पूर्वअध्यक्ष गणेश बेल्बासेले बताए । यसपटक महोत्सवमा भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै सीमा नाकामा सहजताका लागि आवश्यक पहल गर्ने आयोजकले जनाएको छ । 

‘महोत्सवमा कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भन्नेतर्फ हामी सकृय छौँ,’ होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव बालबहादुर घिमिरे सुनिलले भने । 

३० चैतको साँझ ६ बजेबाट सुरु हुने महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत  नृत्य, डिजेलगायत रहेको महोत्सवका सहआयोजक मदिरा व्यवसायी संघका अध्यक्ष केशव ज्ञवालीले बताए । विगत वर्षहरुको अनुभवका आधारमा १० हजार बढीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । 
महोत्सवमा २०८० सिद्धार्थनगर नगरपालिका र मदिरा व्यवसायी संघ भैरहवा रुपन्देही  सहआयोजक रहेका छन् । त्यसैगरी, प्रायोजकमा गोर्खा ब्रुअरी इन्डस्ट्रिज प्रालि, सह–प्रायोजकमा जावलाखेल इन्डस्ट्रिज प्रालि, प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड काठमाडौं,  पर्यटन डिभिजन कार्यालय भैरहवा रुपन्देही छन् । 

त्यसैगरी, संरक्षक संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही, होटल व्यवसायी महासंघ नेपाल, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश, सल्लाहकार संस्थाहरुमा  सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, सिद्धार्थ संजाल, रुपन्देही छन् । 

सहयोगी संस्थाहरुमा नाटा लुम्बिनी प्रदेश, सिद्धार्थ होटेल एसोशिएशन (शान), लुम्बिनी होटल संघ रुपन्देही, लुम्बिनी प्रेस क्लब भैरहवा, सोट्टो नेपाल रुपन्देही, लुम्बिनी मनि चेन्जर संघ रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा. लि. रुपन्देही, सिद्धार्थ यातायात प्रा. लि. रुपन्देही, आस्था महिला उद्यमी संघ भैरहवा, डिपी स्टुडियो र युनिक साउन्ड सिस्टम छन् ।

ad
ad